२०८१ बैशाख १५ , शनिवार

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान गण्डकीमा बास्तोला

शिशिर पौडेल/ पोखरा । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको प्रथम अबिधेशन मंगलवार पोखरामा सम्पन्न भएको छ ।

 

उक्त अबिधेशनले आगामी ३ बर्षे कार्यकालका लागि अध्यक्षमा कास्कीका वसन्त बास्तोला निर्वाचित भएका छन् । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा म्याग्दीका गोपाल प्रसाद भट्टचन, महिला उपाध्यक्षमा गोरखाकी अनिता पन्त, खुला उपाध्यक्षमा तनहुँका बिष्णुमाया बराल, महासचिवमा कास्कीका लेखनाथ तिवारी, कोषाध्यक्षमा स्याङ्जाका नारायण प्रसाद सिग्देल, सचिवमा कास्कीका नवराज अधिकारी र सहकोषाध्यक्षमा कास्कीका कृष्णप्रसाद गौतम निर्वाचित भए ।

 

प्रतिष्ठानको कार्यसमिति सदस्यहरुमा कामना खनाल, हेमा खड्का, भीम बहादुर बराल, सुवास घिमिरे, कृष्णराज अधिकारी, प्रकाशचन्द्र बगाले, डिल्लीराज पौडेल, भुवनराज दवाडी, ऋषिराम घिमिरे, छबिलाल तिवारी, भोजराज पौडेल, नेत्रबहादुर बाँनिया, कृष्णप्रसाद घिमिरे, होमनाथ पराजुली, रामप्रसाद अधिकारी, बिनय पौडेल निर्बाचित भएका छन् । संस्थाले लोक भजन र चुड्का संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको र यसलाई टोल टोलसम्म विस्तार गरिने नवनिर्वाचित अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो।