२०८१ बैशाख १४ , शुक्रवार

नेपाली बहुसांस्कृतिक केन्द्रद्धारा मेलबर्नमा शिवरात्री र दिदी-बहिनी समाजद्धारा सिनियर सिटिजनका लागि सम्मान भोज

सुनाखरी न्युज/ काठमाडौं । हिन्दूहरूको महान पर्व महाशिवरात्रिको अवसरमा अस्ट्रेलियाको मेलबर्नमा मन्दिर र गुम्बा सहितको आफ्नै सामुदायिक भवन निर्माणार्थ डिगर्स रेस्टमा १५ एकड जग्गा खरिद गरिसकेको नेपाली बहुसांस्कृतिक केन्द्र (Australian Nepalese Multicultural Centre, ANMC) द्धारा क्रेगिबर्नमा आयोजित वृहत सत्सङ्ग तथा संकीर्तन कार्यक्रम आयोजना गरेको छ ।

भक्तालुहरू माझ नेपालबाट आएका व्यासाचार्य भुवन गुरुले सङ्गीतमय प्रवचन दिनुभएको थियो । संस्थाका अध्यक्ष गान्धी भट्टराईद्धारा व्यासाचार्य भुवन गुरुलाई खादा र मालाद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा व्यासाचार्य भुवन गुरुद्धारा सङ्गीतमय प्रवचन दिने क्रममा
हिमाल पहाड तराइ
कोही छैनौं पराइ २
हामी मिलेर बसेका छौं
गर्छौं सबैलाई सम्मान २
वुद्धभूमि हो नेपालको सान २
……………….. बोलको मीठो राष्ट्रियताको भावनाले ओतप्रोत भजन पनि गाउनु भएको थियो

गुरुद्धारा भजन गाइएको समयमा उपस्थित भक्तजनहरु नाचमा सहभागी भएका थिए ।  सो कार्यक्रम अघि दिदीबहिनी समाज भिक्टोरियाद्धारा सिनियर सिटिजनका लागि ग्लेनरोइमा सम्मान दिवा भोजको आयोजना गरेको थियो ।लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, नेपालबाट अस्ट्रेलियाका प्रमुख शहरहरुमा सङ्गीतमय प्रवचनका लागि आउनु भएका व्यासाचार्य भुवन गुरु, पन्डित नारायण प्रशाद ज्ञवाली, ‘आवाज’ का निर्देशक इरादा पराजुली आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष रोशनी श्रेष्ठ, निवर्तमान अध्यक्ष डा जमुना पराजुली, प्रभा श्रेष्ठ लगायत सबैले संस्था सबै किसिमका साधन र श्रोतको अभाव भएको समयदेखि संस्थाका सबै किसिमका कार्यक्रम गर्नका लागि चर्च उपलब्ध गराएर सहयोग गरेको कारण अहिले भिक्टोरियाका बिभिन्न १७ ठाउँमा इकाइहरु गठन गरी आफ्ना कार्यक्रमहरु भिक्टोरियाभरी प्रभावकारी ढंगले कार्यक्रम गर्न सफल भएको भन्दै सबैले प्रसंशा गरे ।

 

दिवा भोजपछि उपस्थित अधिकांश सिनियर सिटिजनहरुले नेपालीहरुसंगै नेपाली गीतमा नाचेका थिए । मेलबर्नमा तीज कार्यक्रम मनाउने क्रममा रकम संकलन गरी उठेको रकम नियमित रुपमा नेपालमा यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगको लागि उपयोग गर्ने गरी दिदी-बहिनी समाज भिक्टोरियाले बिगत ७ बर्षदेखि त्यस क्षेत्रमा कृयाशिल “आवाज” संस्थासंग सहकार्य गरी नियमित रुपमा रकम पठाउने गरेको छ ।