२०८० चैत्र १५ , बिहिवार

डा. सन्दुक रुइतलाई १३ करोडभन्दा बढी रकमसहितको अवार्ड

सुनाखरी न्युज/ काठमाडौं । डा. सन्दुक रुइतलाई १० लाख डलर अर्थात् १३ करोड रुपैयाँभन्दा बढी रकमसहितको अवार्ड प्रदान गरिएको छ । डा. रुइतले बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित बहाराइनको प्रतिष्ठित इसा अवार्ड पाएका हुन् ।

 

यसअघि नै रुइतलाई उक्त अवार्ड दिइने घोषणा गरिएको थियो । आज उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।मानवीय सेवातर्फको विधामा रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । बहराइनका राजा हमाद बिन इसा अल खालिफाले रुइतलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । राजा खालिफाले मानवीय सेवाको काममा रूइतले सबैभन्दा प्रभावकारी र अमूल्य काम गर्दै आएको बताए ।

 

मोतियाबिन्दुको उपचारमा सरल विधि विकास गरेकाले डा. रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । रुइतले यसअघि सन् २००६ मा एसियाको नोबेल पुरस्कारका रूपमा समेत चिनिने रोमन मेगासेसे अवार्ड पाइसकेका छन् ।