२०८० चैत्र १६ , शुक्रवार

विश्वकप लिग-२: रोहितको कप्तानी इनिङ्स, नेपालको क्लिन स्विप

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण विजय हात पारेको छ । कप्तान रोहित पौडेलले अविजित रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गर्‍यो ।

रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई स्मरणीय विजय दिलाए । नेपालले लिग-२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो ।

सातौं ओभरमा नेपाल १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाए । उनले १ सय १ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । करणले अविजित ३१ रन बनाउँदा ३७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

नेपालको सुरुवात राम्रो थिएन । कुशल मल्लले एउटा लामो छक्का प्रहार गरे पनि उनी धेरैबेर टिकेनन् । उनले २८ बल खेली १ चौका प्रहार गर्दै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।

 

स्कटल्यान्ड यस शृंखलाको पहिलो खेलमा नामिबियामाथि विजय हात पारी लिग-२ को विजेता बनिसकेको थियो । टोलीले सबै ३६ खेलमा ५० अंक जोड्यो । नेपालले २८ खेलमा २६ अंक जोडेको छ ।