२०८० चैत्र १६ , शुक्रवार

तीन कम्पनीको शेयरमूल्य समायोजन

Share Building

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा स्वाबलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुपको शेयरमूल्य समायोजन भएको हो।

 

यी तीन कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन १० गते बुकक्लोज गर्दैछन्। फागुन ९ गते अर्थात आज सार्वजनिक बिदा परेका कारण नेप्सेले यसै दिन यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

 

यस दिन नेप्सेले स्वाबलम्बन लघुवित्तको १५ प्रतिशत, कर्पोरेट डभेलपमेन्ट बैंकको ५ प्रतिशत र ङादी ग्रुपको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात स्वाबलम्बन लघुवित्तको शेयरमूल्य ९८२ रुपैयाँ ६१ पैसा कायम भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ३१० रुपैयाँ ४८ पैसा र ङादी ग्रसप पावरको २६३ रुपैयाँ ४८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन स्वाबलम्बन लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १३० रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको ३२६ रुपैयाँ र ङादी ग्रुपको २७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले फागुन १९ गते शुक्रबार, लैनचौर ब्यान्क्वेट, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक तथा सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गरी ६०ः४० कायम गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) ले फागुन २२ गते आफ्नो प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरधनी तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

 

ङादी ग्रुप पावर (NGPL) ले भने फागुन २५ गते, युनियन हाउस, अनामनगरमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।