२०८१ बैशाख ८ , शनिवार

टीके एलिभेटरले रेकन समूहलाई बजार विस्तारका लागि नेपालमा आधिकारिक वितरकको रूपमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । विश्वको अग्रणी एलिभेटर कम्पनीहरू मध्येका एक टीके एलिभेटरले रेकन समूहलाई नेपालमा बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै यहाँ बजार विस्तार गर्नका लागि आधिकारिक वितरक नियुक्त गरेको छ । रेकन समूहले टीके एलिभेटरका लिफ्ट, एस्केलेटर र मुभिङ वाकहरू विक्री गर्ने छ ।

 

रेकन समूह एलिभेटर व्यापारमा नेपालमा गुणस्तरीय उत्पादनहरु विक्री गर्ने तथा सेवा दिने एक बहुआयामिक कम्पनी हो । २०२१ देखि, यस कम्पनीले घरहरु बनाउने, प्रणालीगत आल्मुनियमका झ्यालहरु, छतहरुको निर्माण, बहुतले कार पार्क प्रणाली, र सडक सुरक्षा उत्पादनहरूमा व्यापार विस्तार गर्दै लगेको छ । यस साझेदारीको रणनीतिक महत्वको बारेमा बताउँदै टीके एलिभेटर भारतका सीईओ तथा एमडी, मनिष मेहनले भने, ‘विश्वव्यापी रुपमा मोबिलिटी सलुसन प्रदायकका रुपमा टीके एलिभेटरले उत्कृष्ट उत्पादनहरु विश्वभरका ग्राहकहरुलाई उपलब्ध गराउने प्रयास गरिरहेको छ । यस क्षेत्रको व्यापारमा अग्रणी रहेको स्थानीय कम्पनी रेकन समूहसँगको साझेदारीले भविष्यमा ठूलो प्रतिफल दिनेछ भन्नेमा म विश्वस्त छु ।’

 

‘कोभिडपछि आर्थिक गतिविधिले बिस्तारै गति लिन थालेको समयमा नेपालमा घर(जग्गाको व्यापारमा पनि वृद्धि देखिएको छ । साथै, बहुतले होटल तथा अपार्टमेन्टहरु उपत्यकाको क्षितिजमा देखिन थालेको छ । यस्तै बहुतले सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिसहरू पनि बढेका छन् । यसले नेपालमा लिफ्ट बजारको बृद्धिलाई अझ बढावा दिनेछ,’ मनिष मेहनले भने । यस साझेदारीका बारेमा रेकन समूहका निर्देशक विवेक बथवालले भने, ‘हामी लिफ्ट र एस्केलेटर को अग्रणी जर्मन ब्रान्ड टीके एलिभेटरको प्रतिनिधित्व गर्न पाउँदा खुसी छौं । यो कम्पनी प्राविधिक रुपमा नवीन, कुशल, र भरपर्दो उत्पादनहरूका लागि परिचित छ । तसर्थ यसका उत्पादनहरु नेपालको बढ्दो बजारका लागि उचित हुन्छ । नेपालमा प्रतिनिधित्व गर्न योभन्दा राम्रो एलिभेटर कम्पनी अरु हुन सक्दैन ।’
३२३ देखि २६ फेब्रुअरी २०२३ सम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने नेपाल बिल्डकन एक्सपोमा हाम्रो स्टल एल६० मा पाल्नुहोला ।

हाम्रोबारे
टीके एलिभेटर
१०० भन्दा बढी देशहरूमा ५०,००० भन्दा बढी कर्मचारीहरूले सेवा प्रदान गर्ने टीके एलिभेटरले आर्थिक वर्ष २०२०÷२०२१ लगभग ८ अरब यूरोको व्यापार गरेको थियो । विश्वभरका १,००० भन्दा बढी स्थानहरूमा यसले बजार विस्तार गर्दै ग्राहकहरुलाई सेवा दिनुका साथै ग्यारेन्टीका सेवा पनि दिने गरेको छ । विगत दशकहरूमा, टीके एलिभेटरले आफूलाई विश्वको अग्रणी लिफ्ट कम्पनीहरू मध्ये एकको रूपमा स्थापित गरेको छ भने अगस्ट २०२० मा थिसेनरुप एजीबाट अलग्गिएपछि स्वतन्त्र रुपमा स्थापित छ ।

कम्पनीको सबैभन्दा महत्त्वपूर्ण व्यापारको माध्यम भनेकै यस कम्पनीको प्रतिनिधित्व गर्दै सेवा दिने २४,००० सेवा प्रदायकहरु नै हुन् । यसका उत्पादनहरुमा सामान्यदेखि अत्याधुनिक गगनचुम्बी आवासीय र व्यावसायिक बहुतले भवनहरूका लागि उउपयुक्त हुने लिफ्टहरू हुन् । यसका साथै एस्केलेटरहरू र हिँड्ने पदयात्राहरू, यात्रु बोर्डिङ ब्रिज, सिँढी तथा प्लेटफर्म लिफ्टहरू पनि छन्। एकीकृत रुपमा अनलाइन सेवा तथा समस्या सम्बोधन गर्ने प्रणाली जस्तै म्याक्सले महत्व पाइरहेको छ । यस्तै प्राविधिक गुणहरुका कारण अब शहरी गतिशीलतामा कुनै सीमा छैन । टीकेई– यात्रा जारी छ ।