२०८० चैत्र १५ , बिहिवार

चर्चित अभिनेत्री बेला बोसको निधन

सुनाखरी न्युज/ काठमाडौं । वरिष्ठ अभिनेत्री तथा शास्त्रीय नृत्याङ्गना बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात् सोमबार ७९ वर्षको उमेरमा उनी संसारबाट बिदा भएन् ।

 

उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २०० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरिन् । उनले ‘जीने की राह’ र ‘जय सन्तोषी माँ’ जस्ता ब्लकबस्टर फिल्महरूमा उत्कृष्ट अभिनय गरिन् । बेलाको विवाह अभिनेता तथा फिल्ममेकर आशिस कुमारसँग भएको थियो ।

 

अभिनेत्री हुनुका साथै बेला एक दक्ष चित्रकार र राष्ट्रिय स्तरको पौडी खेलाडी थिइन् । फिल्म ‘मै नशे मे हुँ’ मा बेलालाई उनको उचाइका कारण राज कपूरको अपोजिटमा मुख्य नर्तकीको भूमिका मिल्यो । तर, धेरै अग्ली भएका कारण उनको हातको धेरै फिल्म पनि गयो ।