२०८१ बैशाख १२ , बुधवार

गायिका इन्दिरा जोशीको ‘ओम नम शिवाय’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । लोकप्रिय गायिका इन्दिरा जोशीको ‘ओम नम शिवाय’ बोलको भजन रिलिज गरिएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको सार्वजनिक भजनमा इन्दिरा जटाधारी शिव अवतारमा देखा परेकी छिन् ।

 

पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भजनमा इन्दिरा अहिलेसम्मकै भिन्न अवतार र प्रस्तुतीमा जय शम्भो भोले जय जय भन्दै देखा परेकी छिन् । ३ मिनेट लामो भजनमा इन्दिराले भगवान शिवको महिमाको हदैसम्मको वर्णन गरेकी छिन् ।

 

सक्षम श्रेष्ठको संगीत रहेको भजनको भिडियोको निर्देशन पनि श्रेष्ठले नै गरेका हुन् । जसमा छायांकन र सम्पादन गौरव बिष्ट, कलरिगं मिन रावलको रहेको छ । भजनको भिडियो गायिका इन्दिराकै अफिसियल च्यानल इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।