२०८१ बैशाख ८ , शनिवार

पुनःत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर आज पनि डाउन भएको छ । हिजो दिउँसो १२ बजेदेखि ३ बजेसम्म भएको सर्भर डाउनको समस्या आज बिहान ९ बजे पुनः दोहोरिएको छ ।

 

सर्भर डाउनका कारण विमानस्थलको आगमन र प्रस्थान दुबैतर्फ गरेर अध्यागमनममा झण्डै सात सय जना यात्रु प्रतिक्षाको लाइनमा देखिन्छन् । हिजो दिउँसो पनि त्यस्तै समस्या उत्पन्न भएकाले तीन घण्टासम्म यात्रुको बिचल्ली भएको हो ।

 

पछिल्लो एक महिनामा विमानस्थलमा भएको यो चौथो सर्भर डाउनको समस्या हो । नियमितझैँ कम्प्युटर सर्भरमा समस्या उत्पन्न भएपछि विमानस्थल र यात्रुको सुरक्षामाथि नै प्रश्न चिन्ह उठेको छ । विभागले सम्पूर्ण यात्रुको विवरण हातले लेख्न थालेपछि सुरक्षा संवेदनशीलताको विषय मुख्य बनेको बताइन्छ ।