२०८१ बैशाख २० , बिहिवार

आईएमई लाइफको लम्की शाखाद्धारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । आईएमई लाइफले लम्की शाखाले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका– ३ चिसापानी का विमित स्वर्गिय रवि लिगलकी श्रीमती लक्ष्मी लिगल लाई आज एक कार्यक्रमका बिच ईन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी अन्र्तगत ८४ हजार रुपैयाँ प्रदान गरेको हो ।

 

कम्पनीका लम्की शाखा प्रमुख बल बहादुर थापा र कर्णाली चिसापानी उपभोत्ता वचत तथा ऋण सहकारी संथाका अध्यक्ष कलम बहादुर शाहीले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।सहकारी संस्थाको कार्यालयमा एक अनौपचारिक कार्यक्रम गरि रकम हस्तान्तरण गरेको हो । स्वर्गिय रवि लिगलले २०७८ साल माघ ११ गते चिसापानीका स्वर्गिय रवि लिगलले र कर्णाली चिसापानी उपभोत्ता वचत तथा ऋण सहकारी संथा बाट ६० हजार रुपैयाँ व्यवसाय सञ्चालनका लागि ऋण लिनुभएको थियो । उक्त ऋण को १ वर्षे आइ । एम। ई कर्जा म्यादी विमा वाफत रु। ३ सय ५१ रुपैयाँ मात्र विमा शुल्क तिरेर आई।एम।ई। लाईफ ईन्स्योरेन्स क.लि.लम्की शाखामा बिमा गरेका थिए । बीमा जारी भएको छोटो समयमा २०७९ साल पुष २५ गते कालगतिले एक्कासी दुखद निधन भएको संस्थाका प्रवन्धक गिता गिरी पुरीले बताए ।

 

बीमा रकम बुझेपछि श्रीमती लक्ष्मी लिगललेकम्पनीलाई धन्यवाद दिएका थिए । कर्णाली चिसापानी उपभोता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष कलम बहादुर शाहीको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथ्यतामा शाखा प्रमुख बल बहादुर थापा रहनुभएको थियो । सहकारी संस्थाका प्रबन्धक गिता गिरी पुरीले संञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका उपाअध्यक्ष दिल माया थापा मगर, संञ्चालक सदस्य टेक बहादुर सारु मगर, शेयर सदस्य धन विर तामाङ, शुशिला मास्की, हिरा चन्द्र पण्डित, जैशरा शाही, दिपक बहादुर सापकोटा र ऐजेन्सी मेनेजर इन्द्रा टमट्टा लगायतको सहभागिता रहेको थियो ।

 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका बारेमा लम्की शाखाका प्रमुख बल बहादुर थापाले कर्जा म्यादी बीमा लगायत अन्य विभिन्न प्रकारका साथै जिवन बीमा रयसको आवश्यकता र महत्वका साथै अन्य सेवा सुविधाको बारेमा स्पष्ट पारेका थिए ।