२०८० चैत्र १६ , शुक्रवार

फेरि चम्किए सन्दीप, लिए लगातार ३ विकेट

सुनाखरी न्युज/ काठमाडौं ।आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका हुन्।

 

लामिछानेले सुरुमा ओपनर केइल कोट्जरलाई एलबीडब्लुको धरापमा पारे। त्यसपछि १४औं ओभरका अन्तिम २ बलमा लगातार २ विकेट लिएका हुन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। स्कटल्यान्डले १४ ओभर खेलेर ८९ रनमा ३ विकेट गुमाएको छ।

 

नेपाली टिममा तीव्र गतिका बलर गुल्सन झाको स्थानमा ललितनारायण राजवंशीलाई ल्याइएको छ। यसअघि नेपालले नामिबियासँग दुई खेलमा र स्कटल्यान्डसँग एकमा गरी ३ खेलमा जित हात पारेको छ।