२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदी क्षेत्रका तीनवटा ब्यवसायी एउटै मञ्चमा, यस क्षेत्रका समस्या समाधान गर्न माग

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदी क्षेत्रका तीनवटा ब्यवसायी एउटै मञ्चमा उभिएर यस क्षेत्रका समस्या समाधान गर्न माग गरेका छन् । उनीहरुले शोमबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गरी यस क्षेत्रमा देखिएका समस्या समाधानगर्न माग गरेका हुन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले पछिल्लो समयमा यस क्षेत्रमा धेरै समस्याहरु देखिएको उल्लेख गर्दै तत्काल तिनको समाधान नगरे ब्यवसायीहरु आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने बताउनुभयो । ब्यवसायीहरुका अनुसार बजारको माग अनुसार सुनको आपूर्ति नहुनु, बर्षौंदेखि कोटा प्रणाली लागु गरिनु, ब्यवसायीलाई अनावश्यक आरोप लगाएर दुःख दिने जस्ता समस्या यस क्षेत्रमा देखिएका छन् ।

उनीहरुले  सुनचाँदी व्यवसायीहरुले विगत १३ वर्षदेखि लागू हुँदै आएको सुनचाँदीको बजार व्यवस्थापनमा बैंकहरुको एकाधिकार खारेजीको माग गरेका छन् ।

सोमबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले यस्तो माग गरेका हुन् । २०६६ साल चैत ३१ गतेदेखि सुनचाँदी बजार एकाधिकार रुपमा परिणात्मक बन्देज (कोटा) प्रणालीमा वाणिज्य बैंकहरुको मात्र एकल आपूर्तिबाट सञ्चालन हुँदै गर्दा निजी क्षेत्रका बौधानिक रुपमा पेशा व्यवसाय दर्ता गरेर व्यवसायीहरुले यस क्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजार एकपक्षीय र अन्यायपूर्ण रुपमा सञ्चालन भएको उनीहरुको दाबी छ ।

‘सुनचाँदी बजारले आफ्नो दशकौंदेखिको मौलिक माग र आपूर्तिको स्वरुप गुमाएको अवस्थामा सबैभन्दा मर्का र गुनासो आउँदै गर्दा आम उपभोक्ताहरुसमेत सम्पत्तिमा लगानी गर्ने, उपभोग गर्ने र प्रतिस्पर्धात्मक बजारमा खरीदबिक्री गर्ने संवैधानिक हकबाट बञ्चित छन् ।’ तीनैवटा महासंघले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ–‘त्यसकारण विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्टबैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समीक्षा हुन आवश्यक भइसकेको छ ।’

 

नेपाल राजपत्रमा ५० ग्रामसम्मका सुनका गरगहना भन्सार छुटमा ल्याउन पाइने प्रष्ट व्यवस्था भए पनि पछिल्लो समय त्यसविपरीत सर्वसाधारणलाई दुःख दिइने गरिएको, त्यसरी ल्याइएका सुनका गरगहना खरीद गर्ने व्यवसायीलाई चोरी, डकैती, तस्करी लगायतका संगीन आरोप लगाएर मुद्धामामिलामा फसाइएको भन्दै आपत्ति जनाइएको छ । ‘पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहना प्रहरी प्रशासनबाट जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने व्यवसायीलाई पक्रने , अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्यहरु हुन थालेका छन् ।’ विज्ञप्तिमा भनिएको छ–‘राज्यले तोकेको मापदण्ड अनुसार ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न थालिएको छ । जसले आम राज्यको नियमअनुसार दर्ता गरी बसेका व्यवसायीहरुलाई हतोत्साही मात्र बनाएको छैन, सिंगो पेशाप्रति नै वितृष्णा पैदा गरेको छ ।’

 

नेपाली बजारमा सिजनको समयमा दैनिक ४० केजीको हाराहारीमा तथा अफसिजनको समयमा १५ केजीसम्म कच्चा सुनको माग हुने गरे पनि हाल दैनिक १० केजीमात्र आयात हुने गरेकोले उपभोक्ताको माग पूरा गर्न कठीन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विधिवत तरिकाले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था गरिएको छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भरथेग गरिरहेको भए पनि राज्यको गलत नीतिका कारण अनाहकमा दुःख पाइएकोमा व्यवसायीको आपत्ति छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त

प्रेस विज्ञप्ति

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्घारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा यहाँहरु सबैलाई हामी तीनै वटा महासंघको तर्फबाट हार्दिक स्वागत गर्दछौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ मुलुकभरका सुनचाँदी एवं रत्न तथा आभुषण र हस्तकला ब्यवसाय एवं यस क्षेत्रमा आवद्ध नीजि क्षेत्रका ब्यवसायी तथा आम उपभोक्ताको हक अधिकारको संरक्षण र संवद्र्धनमा क्रियाशिल रहँदै आएका संस्था हो । यी तीनै वटा संस्थाले आम उपभोक्ता र ब्यवसायिका नीजि क्षेत्रको प्रतिस्पर्धात्मक र स्वतन्त्र बजार सम्बन्धी मौलिक संवैधानिक हक अधिकार कुण्ठित हुँदा निरन्तर रुपमा आवाज उठाउँदै आएका छौं ।

यहाँहरु सबैलाई विदितै छ तीनै वटा महासंघले आम उपभोक्ता र ब्यवसायीको हक अधिकारको सुनिश्चितता गर्नुका साथै सुनचाँदीको दैनिक दरभाउ निधारण गर्ने र उपभोक्ताको आवश्यकता र चाहना अनुसारका नयाँ नयाँ र आधुनिक गरगहना तयार गर्ने जस्तो महत्वपूर्ण कार्यमा विगत तीन दशक देखि व्यवसायिहरुका प्रतिनिधित्व गर्दै आइरहेका छौं । साथै नेपाल राष्ट्र बैंकको कार्यविधि अनुरुप प्राप्त सुनलाई आफ्ना कर दायित्व, रोजगारदाताको दायित्व वहन गर्ने सदस्य संस्थाहरुलाई बाँडफाँटको कार्य गरेको पनि दशकौं भएको छ ।

तर सुनचाँदी तथा रत्न आभुुषण क्षेत्रको निरन्तर बिकास र विस्तार हुँदै गर्दा यसको विपरित सरकारले पछिल्लो समय दैनिक १० किलोग्राम सुनको आपूर्ति व्यवस्था गरेको छ । जुन निर्धारित कार्यविधि अनुरुप तीनै महासंघका सदस्य ब्यवसायीहरुले अत्यन्त थोरै मात्रामा प्राप्त गर्ने गर्दछन् । बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारिमा र अफ सिजनको समयमा पनि झण्डै १० देखि १५ किलोको हाराहारिमा कच्चा सुनको माग हुने गरेको भए पनि हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले यति सुनले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठीन छ । विधिवत तरिकाले बैंकवाट आउने सुन वाहेक विदेशवाट आउने नेपालीहरुले विना भन्सार ५० ग्राम सम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने नेपाल सरकारबाट राजपत्रमा प्रकाशित गरी सुविधाको ब्यवस्था गरेको छ । यसरी आउने सुनले बजारको मागलाई केही हदसम्म भए पनि भरथेग पु¥याइरहेको अवस्था थियो ।

तर, पछिल्लो समयमा यसरी ल्याइएका सुनका गरगहनाहरुलाई प्रहरी प्रशासनले जफत गर्ने, यस्तो सुनको कारोबार गर्ने ब्यवसायीहरुलाई पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको छ । राज्यले तोकेको मापदण्ड अनुरुप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने ब्यवसायी लाई अपराधि जस्तो ब्यवहार गर्न थालिएको छ । जसले आम राज्यको नियम अनुसार दर्ता गरी बसेका ब्यवसायीहरुलाई हतोत्साही मात्र वनाएको छैन, सिङगो पेशा प्रति नै वितृष्णा पैदा गरेको छ ।
सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्वद्ध चेकजाँच गर्ने स्थान (भन्सारनाका) मा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ । भन्सार वाट विविधत रुपमा ल्याइएका गरगहनाहरु त्यस पश्चात ब्यवसायीको पसल, दोकानमा जम्मा हुँदा त्यसैलाई अवैध सम्झने, गरगहना देख्ने वित्तिकै त्यस प्रति गलत आसंका गर्ने, ब्यवसायीलाई त्रसित र आतंकित वनाउने, अनुसन्धानका नाममा अनावश्यक दुःख दिने जस्ता कार्य निन्दनिय छन् ।

२०६६ साल चैत्र ३१ गते देखि सुनचाँदी बजार एकाधिकार रुपमा परिमाणात्मक बन्देज
(कोटा) प्रणालीमा वाणिज्य बैंकहरुको मात्र एकल आपुर्तिबाट संचालन हुँदै गर्दा नीजि क्षेत्रका वैधानिक रुपमा पेशा व्यवसाय दर्ता गरेर ब्यवसायिहरुले यस क्षेत्रको बजारमा प्रतिस्पर्धा गर्न नपाउँदा बजार एकपक्षिय र अन्यायपूर्ण रुपमा संचालन हुँदै आएको छ । यस क्षेत्रका कम्पनी फर्महरुले राज्यको सम्बन्धीत निकायहरुबाट अनुमति प्राप्त गरेको उद्देश्य बमोजिम गरगहना र यस सम्बन्धी कच्चा पदार्थहरु आयात र निर्यात गर्न नपाएको दशकौं भएको छ । अत सुनचाँदी बजारले आफ्नो दशकौंदेखिको मौलिक माग र आपुर्तिको स्वरुप गुमाएको अवस्थामा सबैभन्दा मर्का र गुनासो आउँदै गर्दा आम उपभोक्ताहरु समेत सम्पत्तीमा लगानी गर्ने, उपभोग गर्ने र प्रतिस्पर्धात्मक बजारमा खरिद बिक्री गर्ने संवैधानिक हक, अधिकार गुमाएको अवस्था छ । त्यस कारणबाट विगत १३ बर्ष देखि लागु हुदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समिक्षा हुनु अत्यन्त आवश्यक भईसकेको छ ।

नेपालको राजपत्रमा ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने प्रष्ट ब्यवस्था रहेको
छ । नेपालको संविधानले सवै नागरिकलाई सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, वेचविखन गर्ने र ब्यवसायिक लाभ प्राप्त गर्ने हकको सुनिश्चितता गरेको छ । यस्तै मुलुकी देवानी संहिता – २०७४ ले सुनलाई नगदसरह मान्यता दिँदै चल सम्पत्तिको रुपमा ब्याख्या गरीसकेको पनि छ । यसर्थ यसरी वैध तरिकाले ल्याइएको सुन कसरी अवैध हुन्छ ? वैध तरिकावाट आयात गरी कारोबार गर्ने कारोवारी कसरी दोषि भए ? यस तर्फ हामी महासंघहरुको गंभिर ध्यानाकर्षण भएको छ । सुन रत्न पत्थरहरुको खानीहरु पत्तालगाई राष्ट्रको अर्थतन्त्रमा आमूल परिवर्तन हुनसक्दछ । नेपाली मौलिक गरगहनाहरु विश्वब्यापीरुपमा माग रेहेको सम्वन्धमा गरगहना निर्यातका लागि, स्थानिय बजारको ब्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पत्तिका रुपमारहनका लागि सुनचाँदी गरगहनाको यस पेशा ब्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानूनको अति आवश्यक छ ।

आजको यस कार्यक्रम मार्फत निर्वाध रुपमा राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा ब्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फवाट प्रष्ट मापदण्ड (निर्देशिका) ऐन, कानून बनाई सिघ्र लागु गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धन हुने गरी ऐन नियम कार्यविधि निर्माणका लागि पहल गरि दिनुहुन तीनै वटा महासंघ संयुक्त रुपमा सरकारसँग जोडदार माग गर्दछौं ।

 

………………… ………………….. …………………..
प्रचण्ड शाक्य सुरेश मान श्रेष्ठ माणिक रत्न शाक्य
अध्यक्ष अध्यक्ष अध्यक्ष
नेपाल हस्तकला महासंघ नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ नेपाल सुनचाँदी ब्यवसायी महासंघ
मितिः २०७९ फागुन ८ गते सोमबार