२०८१ बैशाख ११ , मंगलबार

अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको उपाधि वल्र्ड लिंक कम्युनिकेसनलाई

सुनाखरी न्युज/ काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको रजतजयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वल्र्ड लिंक कम्युनिकेसन लिमिटेड जितेको छ ।

 

गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चलित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्ड लिंक कम्युनिकेसनले एनसेलको टिमलाई ३–२ को गोलअन्तरले हराउँदै बिजयी भएको हो । बिजेता टिम वल्र्ड लिंकले एक लाख राशीको पुरस्कार जितेको छ । उपविजेता एनसेनले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगिताको तेस्रो उपाधीको लागि भएको खेलमा भने डिस मिडियाले मर्कन्टाइल कम्युनिकेसनलाई २३–४ गोलअन्तरले पराजित गरेको छ ।

 

तेस्रो हुने डिस मिडिया नेटवर्कले ४० हजार नगद पुरस्कार पाएको छ । सो अन्तर सेवाप्रदायक फुटसल प्रतियोगितामा १० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा वल्र्ड लिंक कम्युनिकेशन प्राली, नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सिजी कम्युनिकेशन लिमिटेड,मर्कन्टाइल कम्युनिकेसन प्राली,एनसेल आजिटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन सहभागिता जनाएका थिए ।