२०८१ बैशाख ८ , शनिवार

शहीद लखन गाउँपालिकालाई मनकामना दर्शनको ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग

सुनाखरी न्युज/ काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शहीद लखन गाउँपालिकालाई एउटा ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर दिएको छ।

 

फोहोर व्यवस्थापनका लागि महिन्द्राको फोर डब्लुडी जिभो २४५ डिआइ सिरिजको ट्रयाक्टर हस्तान्तरण गरेको कम्पनीका निर्देशक राजेशबाबु श्रेष्ठले बताए। ‘हामीले सीएसआर अन्तर्गत यसपालि शहीद लखन गाउँपालिकाको दुईवटा वडामा फोहोर व्यवस्थापनका लागि यो सहयोग गरेका हौं। त्यहाँको फोहर व्यवस्थापनमा केही टेवा पुग्ने देखेका छौं,’ निर्देशक श्रेष्ठले भने,’ ट्रयाक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक पार्ने विश्वास लिएका छौं’

 

कुरिनटारस्थित अग्नि इन्कर्पोरेटेडको अफिस प्रांगणमा कम्पनीका निर्देशक श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेशबाबु थापालाई सहयोग हस्तान्तरण गरिएको बताए।