२०८१ बैशाख ८ , शनिवार

माछाको आक्रमणमा परी अस्ट्रेलियाली पर्यटक मारिए

सुनाखरी न्युज/ काठमाडौं । माछाको आक्रमणमा परी न्यु क्यालेडाेनियामा एक अस्ट्रेलियाली पर्यटक मारिएका छन् । दक्षिण प्रसान्त क्षेत्रस्थित समुद्रमा शार्कले ५९ वर्षे पर्यटकलाई मारेकाे न्यु क्यालेडाेनिया १ टीभीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

 

ती व्यक्ति राजधानी नाैमेयास्थित चातेऊ-राेयल समुद्र तटमा पाैडी खेलिरहेका थिए । यसै क्रममा हिजाे साँझ ४ बजेतिर एक शार्कले उनीमाथि आक्रमण गरेकाे हाे । ठूल्ठूलो आवाजमा उनले चिच्याएपछि अधिकारीहरूले सबैलाई सचेत गराएका थिए । आक्रमणमा परेका ती पर्यटकलाई दुई जना व्यक्तिले घाइते अवस्थामा समुद्रबाट उद्धार गरेका थिए । तर गहिराे चाेटका कारण उनी बच्न सकेनन् ।

 

याे घटनापछि फ्रान्सेली विदेशी क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटककाे लाेकप्रिय गन्तव्य नाैमिया समुद्र तट बन्द गरिएकाे छ । नौमिया सिटी काउन्सिलले एक विज्ञप्तिमा भनेकाे छ, ‘अर्काे सूचना नआउँदासम्म तीन सय मिटर तटीय ब्यान्डमा पाैडी खेल्न तथा समुद्री गतिविधि बन्द गरिएकाे छ ।’