२०८१ बैशाख २६ , बुधवार

कोभिड भिसा थपिएका श्रमिकलाई पुनः श्रम स्वीकृति लिन ईपीएस शाखाको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । दक्षिण कोरियामा करार अवधि समाप्त भएपछि कोभिड भिसा थप भएका श्रमिकहरुले बाँकी अवधिको लागि पुनः श्रम स्वीकृति लिनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ । रोजगार अनुमती प्रणाली (ईपीएस)मार्फत ई-९ भिसामा कोरिया गएर कोरोनाका कारण पुनः श्रम गर्न नपाएकाहरुलाई ईपीएस कोरिया शाखाले पुनः श्रम स्वीकृति लिन आग्रह गरेको हो ।

 

शाखाका अनुसार ईपीएसबाट ई-९ भिसामा दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुले बाँकी अवधिको लागि अनलाइबाटै पुनः श्रम स्वीकृति लिन मिल्ने व्यवस्था गरिएको छ । तर त्यसको लागि वैदेशिक रोजगार विभागको सफ्टवेयर एफईआईएमएसमा जी टू जी लिंक दिनुपर्ने हुन्छ । सम्बन्धित श्रमिकहरुको राहदानी नम्बरलाई ईपीएस शाखाबाट जी टू जी मा लिंक ईपीएस शाखाले नै गरिदिन्छ । त्यसको लागि श्रमिकले सर्वप्रथम आवश्यक कागजातसहित ईपीएस शाखामा इमेल गर्नुछ । श्रम स्वीकृतिको आवेदनलाई जी टू जी मा लिंक गरिदिनु भन्ने निवेदन, राहदानीको स्क्यान कपी, ई-९ भिसा थप भएको भिसाको स्क्यान कपी र यसभन्दा पहिले ई-९ भिसामा श्रम स्वीकृति लिएको स्टिकरको स्क्यान कपी कार्यालयको ईमेल ठेगाना eps.reentry@gmail.com मा पठाउनुपर्छ ।

 

ईपीएस शाखाले एफईआईएमएसमा जी टू जी लिंक दिएपछि बल्ल श्रमिक आफैले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने ईपीएस कोरिया शाखाले जनाएको छ ।