२०८१ जेठ ४ , शुक्रवार

मर्जर पछि ग्लोबल आइएमई बैंकको सेयर नेप्सेमा सूचिकृत

सुनाखरी न्युज/ काठमाडौं । ग्लोबल आइएमई बैंकको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सूचिकृत भएको छ ।

 

साविकको ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभ्ने/ गाभिने गर्दा १: १ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता शेयर सूचिकृत भएको हो । धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी फागुन ८ गतेको निर्णायनुसार ग्लोबल आइएमई बैकको नामबाट कारोबार हुनेगरी कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ । साथै बैक अफ काठमाण्डूको सूचिकरण खारेज गर्ने जनाएको छ ।

 

साथै, ग्लोबल आइएमई बैंकको स्टक सिम्बोल ‘जिबिआइएमइ’ रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज २०९ रुपैंया ४२ पैसा तोकेको छ ।