२०८० चैत्र १६ , शुक्रवार

नाङ्गै हिँडन पाउनुपर्ने माग गर्दै युवकले दायर गरेको रिट अदालतबाट सदर

सुनाखरी न्युज/ काठमाडौं । स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ ।

 

अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बतायो । जिल्ला अदालतले ती व्यक्तिलाई नग्न हिँडेबापत जरिवाना सजाय तोकेको थियो । तर नग्नताका विषयमा स्पेनी कानूनमा कानूनी शून्यताको अवस्था रहेको उच्च अदालतले स्वीकार गरेको छ ।

 

अलेहान्द्रो कोलोमार नामक २९ वर्षीय व्यक्तिले उच्च अदालतमा मुद्दा जितेका हुन् । उनी अदालत परिसरमा बूट मात्र लगाएर आएका थिए । अदालत भवनभित्र पस्नुअघि थप कपडा लगाउन उनलाई भनिएको थियो । आफू सन् २०२० देखि नै सार्वजनिक स्थानमा नांगै हिँड्ने गरेको उनले बताए ।