२०८१ जेठ ४ , शुक्रवार

विन्ध्यबासिनी म्युजिक कम्पनीका संचालक रेग्मी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । प्रहरीको केन्द्रिय साइबर ब्यूरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको छ ।

थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई एयरपोर्टबाटै पक्राउ गरिएको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए । विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए ।

म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।