२०८१ बैशाख १५ , शनिवार

माछापुच्छ्रे बैंकले ल्यायो युवा लक्षित ‘डिजी युवा सेभिङ्ग अकाउन्ट’

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आकर्षक सुविधा सहित युवा लक्षित डिजी युवा सेभिङ्ग अकाउन्ट संचालनमा ल्याएको छ । बैंकले गत माघ २७ गतेदेखि उक्त खाता संचालनमा ल्याएको हो ।

 

साथै संचालनमा ल्याएको नयाँ खातामा बैंकले यसअघि संचालनमा ल्याएको विभिन्न चारवटा खाताहरु मिलान गरेको छ । बैंकले साविकको युवा बचत खातामा विभिन्न सुविधा थप गरी नयाँ डिजी युवा सेभिङ्ग अकाउन्ट नाममा परिवर्तन गरेको हो । साथै साविकको स्टुडेन्ट सेभिङ्ग अकाउन्ट, स्टुडेन्ट अकाउन्ट अन्तर्गत रहेका माइनर खाताहरु बैंकको नर्मल सेभिङ्ग अकाउन्टमा मिलान गरिएको छ ।

 

त्यस्तै, बैंकले संचालन गर्दै आएको एमबिएल प्रिमियम सेभिङ्ग अकाउन्ट उप्रान्त बन्द गरि यसअघि खोलिएका एमबिएल प्रिमियम सेभिङ्ग अकाउन्टहरु भने कायमै रहने र ति अकाउन्टमा प्रदान गरिएको सुविधाहरु यथावत रहने बैंकले जनाएको छ ।