२०८१ बैशाख १२ , बुधवार

आज राष्ट्र बैंकले १३ अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

 

राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेको हो ।यसअघि नै जारी सुचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो । बैंकका अनुसार कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।

 

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।