२०८१ बैशाख १३ , बिहिवार

ठूलो डटकमको सेवाहरु प्रदेश १ मा शुरु

सुनाखरी न्युज/ काठमाडौं । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ठूलो डटकमले प्रदेश १ मा औपचारिक रूपमा सेवाहरु शुरु गरेको छ। कम्पनीका सीओओ तथा को-फाउण्डर सुरक्षा अधिकारीले ठुलो डटकम (ईकमर्श टेक्नोलोजी) विद्युतीय व्यापार प्रविधि कम्पनी भएको जानकारी दिइन् ।

 

इतिहास बोकेको ठूलो डटकम २००५ साल देखि नै शुरु भएको र सन् २०१६ बाट देशभरी नै निरन्तर रूपमा साना मझौला तथा ठुला उद्योग व्यवसायहरूलाई सूचना प्रविधिसँग आबद्ध गराउने काम गर्दै आएको छ। निरन्तररुपमा देशभरिका साना, मझौला तथा ठुला उद्योग व्यवसायहरूलाई सूचना प्रविधिसँग आबद्ध गराई डिजिटल प्रविधिको माध्यमद्वारा ती व्यवसायहरूको व्यवसायीकरण, बजारीकरण र सबलीकरणमा ठुलो डटकमले टेवा पुर्याउँदै आएको छ। ठूलो डटकमको प्रधान कार्यालय बागमती प्रदेशको ललितपुर जिल्लामा रहेको भएपनि यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश न १, मोरंग व्यापार संघ, प्रदेश लघु उद्यम महासंघ नेपाल लगायत अन्य संघ संस्थाको सहकार्यमा प्रदेश न १ मा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धी कार्यक्रमहरू शुरु गरेको हो ।

 

प्रदेश न १ भित्र विशेषगरि विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेह्रथुम र पथरीमा डिजिटल साक्षरता तथा इ–कमर्स सम्बन्धी तालिम सञ्चालन गरेको प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिए । ‘महानगरपालिका, उप महानगरपालिका, नगरपालिका लगायत अरू ठाउँका पनि उद्यमीहरूलाई ठूलो डटकम ईकमर्श प्लेटफर्ममा अनलाइन पसल खोलेर समान बिक्री तथा वितरण गर्ने सेवा प्रदान गरिएको छ,’ उनले भने, ‘उद्यमीहरूको व्यवसायको ब्राण्डिङमा पनि सेवा प्रदान गर्दै आएको छ ।’

 

करिब छ महिनाको समयमा १ हजार २ सय भन्दा बडी उद्यमी तथा व्यवसायीहरूलाई डिजिटल रूपान्तरण गर्न सफल भएको दाबी कम्पनीको छ । विशेषगरि महिला उद्यमीलाई प्राथमिकताका साथ सेवा दिँदै आएकोले यसलाई निरन्तरता दिइने जनाइएको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्यमशीलताको विकासको लागि महानगर लागिरहेको बताए । डिजिटल व्यवसायको लागि अहिले व्यवसाय प्रवर्द्धनका लागि धेरै राम्रो कामहरू भईरहेको बताए । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमीलाई लक्षित गरी चलाइएको अभियानले घरमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश ठुलो डटकम मार्फत लिन सकिने बताइन् ।

 

नेपाल घरेलु तथा साना उद्यम महासंघ प्रदेश १ का अध्यक्ष अन्जु उपाध्यायले जमाना अनुसारको कामलाई प्रभावकारी बनाउने काम अनलाइन व्यापारबाट हुने बताइन् । ठूलो डटकम युवाहरू माझ नयाँ इनोभेसनको रूपमा आएको अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाई छ । Digitizationले व्यवसाय र समग्र अर्थतन्त्रलाई नै सकारात्मक ढंगले टेवा पुर्याउने हुँदा यस सन्दर्भमा यहाँहरुको पनि सक्रिय भूमिका निकै जरुरि रहन्छ र सबैको सक्रिय भूमिकाको अपेछ्य ले गर्दछ ।