२०८१ बैशाख १३ , बिहिवार

जजिरा एयरलाइन्स गौतमबुद्ध विमानस्थलबाट फागुन २५देखि फेरि उड्ने

सुनाखरी न्युज/ काठमाडौं । जजिरा एयरलाइन्सकाे विमान गौतमबुद्ध विमानस्थलबाट फेरि उड्ने भएको छ । जजिराले फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको हाे ।

मौसमका कारण गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएकाे दुई महिनापछि फेरि जजिराले विमान उडाउन लागेकाे हाे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराकाे नियमित उडान सुरू भएकाे थियाे जुन पुस ६ गतेयता रोकिएकाे थियो । यद्धपी जजिराले माघ १९ देखि उडान सुरु गर्ने बताएपनि उडान सुरु गर्न सकिएकाे थिएन ।

 

जजिराले फागुन २५देखि हप्ताको तीन दिन उडान गर्दैछ । जजिराकाे विमान मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्नेछ र अग्रिम टिकट बुकिङ थालिएकाे छ ।