२०८० चैत्र १५ , बिहिवार

कस्ता छन् मुखको दुर्गन्ध हटाउने उपायहरु?

सुनाखरी न्युज/ काठमाडौं। मुखको दुर्गन्ध केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुःखदायी हुन्छ।

 

किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहँदैनन्। सधै टाढै रहन खोज्ने हुनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ। आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैले गन्ध सुँघेर महसुस गर्न सकिन्छ। आफूसँग नजिक भएको वा कुराकानी गरेको बेलामा कसैले अनुहार बिगार्यो वा टाउको फर्कायो भने पनि बुझ्नुपर्छ कि आफ्नो सासमा दुर्गन्ध छ। जसलाई हटाउन या कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ।

 

एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस् । यसले मुखको अम्लियपना कम गरेर सासको दुर्गन्धलाई कम गर्छ। बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ। तातो पानीमा नुन मिसाएर कुल्ला गर्नुहोस्। जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ। हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस्। पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासको दुर्गन्धलाई कम गर्न सकिन्छ। प्रशस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस्। यसले पाचन प्रणालीलाई सफा राखेर सासको दुर्गन्धन घटाउन सकिन्छ।