२०८१ बैशाख १२ , बुधवार

अब ट्वीटर अकाउन्टको सुरक्षाका लागि पनि पैसा तिर्नुपर्ने

सुनाखरी न्युज/ काठमाडौं। ट्वीटरले टु-फ्याक्टर अथेन्टिकेशन (2FA) विधिको बारेमा नयाँ घोषणा गरेको छ। ट्वीटरले शुक्रबार अब पैसा तिर्ने ग्राहकहरूलाई मात्र उनीहरूको खाता सुरक्षित गर्न टु-फ्याक्टर अथेन्टिकेशन विधिको रूपमा मेसेज प्रयोग गर्न अनुमति दिनेछ।

 

कम्पनीले ट्वीटमा लेखेको छ, ‘मार्च २० देखि, ट्विटर ब्लूका ग्राहकहरूले मात्र मेसेजहरू तिनीहरूको टु-फ्याक्टर अथेन्टिकेशन विधिको रूपमा प्रयोग गर्न सक्षम हुनेछन्।’टु-फ्याक्टर अथेन्टिकेशनमार्फत खाताहरूलाई थप सुरक्षित बनाउन खातावालाले पासवर्डको अतिरिक्त दोस्रो प्रमाणीकरण विधि प्रयोग गर्न पाउँछन्। ट्विटरले हाल मेसेज, प्रमाणीकरण एप, र सेक्युरिटी की मार्फत टु-फ्याक्टर अथेन्टिकेशनलाई अनुमति दिन्छ।

 

यसअघि बुधबार, कम्पनीले एक ब्लग पोस्टमा फोन-नम्बरमा आधारित टु-फ्याक्टर अथेन्टिकेशन ह्याकरहरूले दुरुपयोग गरिरहेको बताएको थियो । ट्विटरका मालिक एलोन मस्कले हालै एक प्रयोगकर्ताको ट्वीटको जवाफ दिँदै कम्पनीले आफ्नो नीति परिवर्तन गरेको बताएका थिए । गत महिना, ट्विटरले एन्ड्रोइडका लागि ट्विटर ब्लू सदस्यताहरूको मूल्य प्रति महिना ११ डलरमा राख्ने बताएको थियो, जुन iOS ग्राहकहरूको लागि पनि समान छ।एजेन्सी