२०८१ बैशाख १३ , बिहिवार

सिप्रदीको ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । टाटा मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो ‘इभी लर्निङ्ग सेन्टर’ र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।

 

यस कार्यक्रमको दौरानमा विभिन्न सञ्चारकर्मीहरुलाई थापाथलीस्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (ईभी) प्रयोग गरी क्रमशः नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको ‘ईभी लर्निङ्ग सेन्टर’ अवस्थित छ जहाँ उनीहरुलाई विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा मूलतः विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय सञ्चार मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा ‘मोडुल’ र ‘सेल’ जस्ता यसका निश्चित अवयव परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन्छ । यसबारे पनि सम्बन्धित पत्रकारहरुलाई विस्तृत जानकारी प्रदान गरिएको थियो ।नेपाली अटोमोबाइल बजारमा यदि ईभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरिएको सिप्रदीले जनाएको छ ।

 

त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको ‘सर्भिस सेन्टर’ को अवलोकन गराइएको थियो । अवलोकनको क्रममा विशेषतः ईभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त ईभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो ।