२०८१ बैशाख ६ , बिहिवार

टिकटकबाटै अभिनयमा भित्रिएकी मिस पबी

सुनाखरी न्युज/ काठमाडौं। टिकटकबाटै अभिनयमा भित्रिएकी एक सुन्दरी हुन् मिस पबी अर्थात पवित्रा साकी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित बनेपछि अभिनयमा भित्रिएकी उनलाई अभिनयले भ्याइ नभ्याइछ । उनी अहिले सानो पर्दाको सिरियलदेखि म्युजिक भिडियो र विज्ञापन समेत व्यस्त बन्न थालेकी छिन् । केही अगाडि सार्वजनिक गायिका अनु चौधरी र गायक प्रताप दासको स्वर रहको गीत ‘सँगसँगै’, गायक सुनिल गिरीको गीत ‘जुम्ला’ होस् वा गायक हिमाल सागरको नयाँ गीत ‘आह कति राम्री’ सबैका म्युजिक भिडियोमा उनी नै छाएकी छन्।

 

पछिल्लो समय मिडियामा पनि राम्रो छाउने गरेकी उनी पुरानादेखि नयाँ गायक गायिकाको म्युजिक भिडियो मोडलको रुपमा प्रथामिकतामा पर्ने गरेकी छन् । टिकटक र मिडियामा राम्रो चर्चा हुने र भिडियोले पनि राम्रै भिउज पाउने भन्दै उनलाई भिडियो खेलाउन थुप्रै पछि लाग्न थालेका छन् । त्यसैले सातामै उनी अभिनित दुई वा सो भन्दा बढी म्युजिक भिडियो सार्वजनिक समेत हुने गरेका छन् ।

 

डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी उनी डडेल्धुरी भाषामा टिकटक भिडियो पोष्ट गरेको कारण भाइरल भएकी थिइन् । यस्तैमा अब उनी नेपालको चर्चित टेलिसिरियल ‘मेरी बास्सै’ मा देखिने भएकी छिन् । त्यसका लागि उनले केही दिन अगाडि दुइ भाग अभिनय समेत गरिसकेकी छन् । समय मिलेसम्म मेरी बास्सै नियमित अभिनय गर्ने उनको सोच रहेको छ । अन्य केही सिसियलको पनि उनलाई अफर भएको बताइन्छ ।