२०८१ बैशाख १४ , शुक्रवार

निर्देशक सुदर्शन थापालाई पुत्रलाभ

सुनाखरी न्युज/ काठमाडौं। निर्देशक सुदर्शन थापालाई पुत्रलाभ भएको छ । उनकी श्रीमती अभिनेत्री सुप्रिया कटुवालले शनिबार फन्टलाई अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

 

छोरा जन्मिएको खुसी निर्देशक थापाले सामाजिक संजालबाट शेयर गर्दै उनको नाम प्रियदर्शन थापा रहने समेत जनाएका छन् । थापा र कटुवालले गत वर्ष असोजमा प्रेमविवाह गरेका थिए । त्यस अगाडि भदौंमा सुदर्शनको जन्मदिनको अवसर पारेर दुवैको इन्गेजमेन्ट भएको थियो ।

 

सुप्रिया पछिल्लो समय एपीवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले फिल्म ‘साढे ७’ पनि अभिनय गरेकी छन् । थापाले ‘चंखे शंखे पंखे’, ‘मधुमास’, ‘प्रेमगीत’ लगायत दर्जन बढी फिल्म निर्देशन गरेका छन् ।