२०८१ बैशाख ११ , मंगलबार

टुँडिखेलमा आज पनि पुष्पवृष्टि गरियो

सुनाखरी न्युज/ काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सैनिक मञ्च टुँडिखेल पुग्नुभएको छ । उहाँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन त्यहाँ जानुभएको हो ।

समारोहस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक अंगका प्रमुखहरु उपस्थित हुनुहुन्छ । भर्खरै सेनाको एउटा हेलिकोप्टरले टुँडिखेलमा पुष्पवृष्टि गरेको छ । अर्को हेलिकोप्टरले प्रजातन्त्र दिवसको ब्यानर प्रदर्शनी गरेको छ । हिजो पनि सोही स्थानमा सेनाको हेलिकोप्टरले पुष्पवृष्टि र ब्यानर प्रदर्शन गरेको थियो ।

हिजो शिवरात्रिको दिन सेनाले आफ्नो स्थापनाको २६० औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो ।