२०८१ बैशाख ६ , बिहिवार

आइतबार र सोमबार युनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट २०२३

सुनाखरी न्युज/ काठमाडौं । नेपाल पोलिमर इन्स्टिच्युट एनपीआई र युनिग्लोब स्कुल÷कलेजसको संयुक्त आयोजनामा यही फेब्रुअरी १९ र २० तारिख अर्थात आइतबार र सोमबार ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुने भएको छ ।

कमलादीस्थित युनिग्लोब कलेजमा हुने सातौं योङ साइन्टिस्ट समिट २०२३ को कार्यतालिका सार्वजनिक भइसकेको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि कार्यक्रमको उद्घाटन समारोह सुरु हुनेछ ।विशेष अतिथिहरुमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेत, नास्टका डा।महेश अधिकारी, प्राध्यापक बिनिल अर्याल लगायत सहभागी हुनेछन् । युवाहरुलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो । यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमति अनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुन लागेको हो ।

‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया–प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट–२०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा विभिन्न ५ वटा विधामा वैज्ञानिकहरुले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियररिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ । सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । सोमबार साँझ साढे ४ बजे कार्यक्रमको समापन समारोह हुनेछ ।