२०८० चैत्र १६ , शुक्रवार

अब मौन बस्न सक्दिन: पूर्वराजा शाह

सुनाखरी न्युज/ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सार्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

 

देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उहाँले बताउनुभएकाे हाे । पूर्वराजा शाहले आफ्नो शन्देशमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन बस्न नसक्ने तर्क समेत गर्नु भएको छ । पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेकोप्रति उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

 

राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिंदै तेहरिंदै आएता पनि वा फेरिंदै बदलिंदै गएता पनि विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन नसकेको उहाँले जारी गर्नुभएकाे सन्देशमा भनिएकाे छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशा लाग्दा नतिजाहरूप्रति पूर्वराजा शाहले आशा समेत व्यक्त गर्नुभएको छ ।

यस्तो छ पूर्व राजा शाहले जारी गर्नुभएको शन्देश

May be an image of text