२०८१ बैशाख ७ , शुक्रवार

‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज / काठमाडौं  – चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ । पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ ।

 

केही समय अघिमात्र ‘दर्शन सलाम’ बोलको गीतसहित चलचित्रको टिजर र्साजनिक गरिएको थियो । उक्त गीतलाई दर्शकको राम्रो साथ मिलेको थियो भने रिलिज भएको केही दिनमै टिजरसहितको सो गीत ट्रेन्डिङ नम्वर १ मा समेत परेको थियो । रिलिजको १३ दिन अघि आज चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक भएको ट्रेलरले दर्शकको कस्तो साथ पाउछ त्यो भने आउने दिनले बताउनेछ ।

 

‘छक्का पञ्जा ४’सँगै नायक अनमोल केसी अभिनित यस वर्षको अर्को प्रतिक्षित चलचित्र ‘छड्के’ पनि सोही मितिमा रिलिज हुने भएको छ । अर्थात फल्गुन १९ मा दुई चलचित्र भिड्ने पक्का छ । कलाकारहरु दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि लगाायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हेमराज बीसीले निर्देशन गरेका हुन ।