२०८१ बैशाख ७ , शुक्रवार

‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको प्रतीक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ ।

 

फिल्म प्रदर्शनको दुई साताअघि निर्माण टिमले ३ मिनेट भन्दा लामो ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई स्थान दिइएको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपक र दीपासँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, सविन बास्तोला, बेनिशा हमाल लगायतको अभिनय छ ।

 

दीपकराज गिरीकै कथा एवं लेखन रहेको फिल्म राजनीतिक विषयवस्तुमा निर्माण भएको हो । दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार प्रसाद घिमिरे छन् । फिल्म फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।