२०८१ बैशाख ११ , मंगलबार

शाहरुख खानको फिल्म ‘पठान’ ले गर्‍यो ऐतिहासिक कमाई

सुनाखरी न्युज/ काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ ले गर्‍यो ऐतिहासिक कमाई गरेको छ । फिल्म ‘पठान’ ले लगातार नयाँ रेकर्ड स्थापित गरिरहेको छ । यशराज फिल्म्सका अनुसार ‘पठान’ ले अहिलेसम्म विश्वभर ९७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।

 

फिल्मले भारतमा करिब ६०५ करोड भारु र भारत बाहिर ३६५ करोड भारु कमाएको छ । यशराज फिल्म्सका अनुसार पठान अहिले हिन्दी सिनेमाको इतिहासमा विश्वभर सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

 

शाहरुख खानको फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो । शाहरुख चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका छन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।