२०८० चैत्र १५ , बिहिवार

बलिउड अभिनेत्री स्वरा भास्करले गरिन् विवाह

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेत्री स्वरा भास्कर आफ्नो विवाहका कारण चर्चामा छिन् । नायिकाले ६ जनवरीमा समाजवादी पार्टीका नेता फहाद अहमदसँग अदालती विवाह गरेकी थिइन् । अब १६ फेब्रुअरीमा स्वराले सोसल मिडियामार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् ।

 

यसैबीच जोडीको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा उनी अदालती विवाहपछि नाचिरहेको देखिएकी छिन् । वास्तवमा यो भिडियो स्वरा र फहादका साथीले आफ्नो सोसल मिडिया अकाउन्टमा पोस्ट गरेका छन् ।

 

यो भिडियोमा स्वरा र फहाद विवाहपछि अदालत बाहिर निस्किरहेको देखिएका छन् । यति बेला नायिका श्रीमानको हात थामेर निकै खुसी देखिएकी छिन् । रातो साडी, टिका र हातमा मेहेन्दी लगाएकी स्वरा सुन्दर देखिएकी छिन् । स्वराले विवाहमा आफ्नी आमाकाे ४० वर्ष पुरानाे साडी लगाएकाे बताइन्छ ।एजेन्सी