२०८१ बैशाख १२ , बुधवार

महाशिवरात्रिका दिन कसरी गरिनेछ ट्राफिक व्यवस्थापन ?

सुनाखरी न्युज/ काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पशुपति क्षेत्रमा अघिल्लो रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने गर्छ। भोलि (शनिबार) परेको पर्वलाई सुरक्षित बनाउन सवारी साधनलाई डाइभर्सन गरिने भएको छ ।

 

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो । त्यसैगरी मालवाहक सवारी साधानहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ ।

गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्।