२०८१ बैशाख १३ , बिहिवार

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

सुनाखरी न्युज/ काठमाडौं । हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । ८२ वर्षीया रक्वेलको स्थानीय समयानुसार बुधबार बिहान निधन भएको उनका म्यानेजरले जनाएका छन् ।

 

उनलाई हलिउडमा एक्सन हिरोइनका लागि मार्गप्रशस्त गर्ने श्रेय समेत दिइन्छ । सन् १९६० मा अभिनय करिअर सुरु गरेकी रक्वेललाई ‘वान मिलियन ईअर्स बीसी’ मा गरेको अभिनयका कारण ‘अन्तर्राष्ट्रिय सेक्स सिम्बोल’ समेत भनेर चिनिन्थ्यो । उनले सन् १९७४ मा फिल्म ‘द थ्री मस्केटियर्स’बाट प्रतिष्ठित गोल्डेन ग्लोब अवार्ड समेत जितेकी थिइन् ।

 

सन् १९४० मा अमेरिकाको क्यालिफोर्नियामा जन्मेकी रक्वेलले ५० वर्षको फिल्म करिअरमा ३० फिल्म र ५० टेलिसिरिजमा अभिनय गरेकी थिइन् । उनले किशोरावस्थामा तीनवटा सौन्दर्य प्रतियोगिता जितेकी थिइन् भने पछि स्थानीय मौसम पूर्वानुकर्ताको रुपमा समेत काम गरेकी थिइन् ।