२०७९ चैत्र ११ , शनिवार

माध्यमिक विद्यालयले दृष्टिविहीन शिक्षकलाई हाजिरी लगाउनमा रोक

blind teacher

सुनाखरी न्युज / बागलुङ   – बागलुङ  नगरपालिकाले काजमा सरुवा गरेर पठाएका प्रावि तृतीय श्रेणीका शिक्षक विकल थापालाई विद्यालयका प्रधानाध्यापक शान्तमणि ढकालले हाजिरी लगाउन रोक लगाएका हुन्।नगरपालिकाले उक्त विद्यालयमा काजमा सरुवा गरेको दुई महिना बित्न लाग्दा समेत प्रधानाध्यापक ढकालले हाजिरी लगाउन नदिएको शिक्षक थापाले गुनासो गरे । थापाले बिहीबार पत्रकार सम्मेलन गरेर नगरपालिकाले आफूलाई सहजताका लागि विद्यामन्दिरमा काजमा सरुवा गरे पनि प्रधानाध्यापकले हाजिरी गर्न नदिएको बताए ।

 

२०७५ फागुन २६ गते प्रावि तह विशेष दृष्टिविहीन दरबन्दीमा नियुक्त भएका थापाले बानपा(१ रामरेखाको रामरेखा आधारभूत विद्यालयमा अध्यापन गराई रहेका थिए। बानपा ३ निवासी थापा घरदेखि विद्यालय जान(आउन टाढा भएकाले बजारमै रहेको विद्यामन्दिरमा सरुवाका लागि बागलुङ नगरपालिकामा निवेदन दिए। पौष १ गते नगरशिक्षा समितिले काज सरुवाको निर्णय गरेको थियो। थापालाई नगर शिक्षा शाखाले पौष ६ गते विद्यामन्दिरमा सरुवाको पत्र थमायो। थापालाई रामरेखा आधारभूत विद्यालयले पौष ७ गते सरुवाको रमाना समेत दिएको छ ।

 

थापाले सरुवाको पत्र लिएर विद्यामन्दिरमा पुगेपछि प्रधानाध्यापक ढकालले पत्र नबुझ्ने र जहाँबाट ल्याएको हो त्यही लगेर जान भनेको बताए। ‘शहरी भुसिया कुकुर र सवारी पार्किङको कारण घरदेखि विद्यालय रामरेखा आधारभूत जान गाह्रो भएर नगरप्रमुख र शिक्षा समितिमा जानकारी गराएपछि सरुवा भएको हो,’ शिक्षक थापाले भने, ‘नगर शिक्षा शाखाबाट सरुवा र रामरेखा आविबाट रमानाको पत्र लिएर विद्यालय जाँदा प्रअले जहाँबाट ल्याएको हो त्यही लगेर जाउँ भन्नुभया ।’थापाले प्रधानाध्यापकले भौतिक संरचनाको कारण विद्यालयमा गाह्रो हुने भन्दै दृष्टिविहीनहरूले अध्यापन गर्ने बानपा(१४ को दृष्टिविहीन विद्यालयमा वा घर नजिकको धौलागिरी विरेन्द्र माध्यमिक विद्यालयमा जान सुझाव दिएको बताए ।