२०८१ बैशाख ८ , शनिवार

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध बानेश्वरमा प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध बानेश्वरमा प्रदर्शनतथा वित्तीय संस्थाहरूले लगाएको चर्को व्याजदरविरुद्ध प्रदर्शन भएको छ।

नेपाल कोरोगेटेड बक्स उत्पादन संघको आयोजनामा आज (शुक्रबार) बानेश्वरमा प्रदर्शन भएको हो। चर्को व्‍याजदरका कारण व्यापार व्यवसाय चलाउन मुस्किल भएको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरूले बैंकको व्याजदर १ अंकमा कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौं, कर्जा सेवा शुल्क ०.२५ प्रतिशत भित्र कायम गर लगायत विभिन्न माग राखेर सांकेतिक आन्दोलन गरिरहेका हुन् ।