२०८१ बैशाख ६ , बिहिवार

सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति

सुनाखरी न्युज/ काठमाडौं । सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो ।

 

राष्ट्र बैंकले शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ पाँचौं संशोधन २०७९’ बमोजिम कारोबार हुने जनाएको छ ।

 

प्राप्ति पश्चात हिमालयन बैंकको नाममा यही फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने दुबै बैंकले सूचना प्रकाशित गरेर जानकारी गराइसकेका छन् ।

May be an image of text