२०७९ चैत्र १५ , बुधवार

सत्ताको उन्मात बाट गरिएका आक्रमण बाट कांग्रेस कति पनि बिचलित हुँदैन : पूर्व मन्त्री थापा

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति सुवास भण्डारी र सचीव युवराज कार्की माथी धनकुटा बहुमुखी क्याम्पस भित्रै ज्यानमार्ने प्रवृत्तिले भएको साङघतिक हमला प्रती नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री सुनिल बहादुर थापाले भर्त्सना गर्नु भएको छ।

 

सो को विरुद्धमा केन्द्रिय कार्य समिति सदस्य, नेपाली कांग्रेस संविधानसभा सदस्य तथा पूर्व मन्त्री सुनिल बहादुर थापाले आज एक विज्ञप्ति जरी गर्दै स्वबियु निर्वाचन लाई लक्षित गरि गैरकानुनी रूपमा भर्ना गरेको बिषयमा आवाज उठाउदा क्याम्पस प्रशासनको समेत मिलेमतोमा कुटपिटबाट मरणासन्न परिएको छ। यो घटनाका अपराधीहरुलाई यथाशीघ्र कानुनी सजायको कठघरामा उभ्याउन प्रहरी प्रशासन सँग जोडदार माग गर्नु भएको छ ।

 

सत्ताको उन्मात बाट गरिएका यस किसिमका बिकृती विरुद्ध कांग्रेस कति पनि बिचलित नहुने र कानुनको परिधिमा कार्वाही हुने बिश्वास राखेको छ । कांग्रेस लोकतान्त्रिक बिधि मान्यता र कानुनी राज्यको पक्षमा रहेकोले दोषिलाइ तुरुन्त कानुनको परिधिभित्र ल्याई कार्वाही गर्न माग गर्नु भएको छ । यसवाट उत्पन्न हुने जस्तो सुकै परिणामको भागेदार सरकार र एमाले रहने थापाले विज्ञप्तिमा भन्नु भएको छ । पिडित घाइतेहरूको सरकारले उपचार गर्न र उपचारमा कुनै कमी नर्गन र उहाहरुको शिघ्र स्वास्थ लाभको कामना गर्नु भएको छ ।

No description available.