२०८१ बैशाख ११ , मंगलबार

बालबालिकाको आँखामा हुने घातक क्यान्सर ‘रेटिनोब्लास्टोमा’ के हो ?

सुनाखरी न्युज/ काठमाडौं । रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दाबाट पलाउने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रति १५ देखि २० हजार जीवित जन्मिएका बालबालिकामध्ये एकजनामा रेटिनोब्लास्टोमा हुने गरेको छ ।

 

तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांक अनुसार नेपालमा बर्सेनि ५० जना रेटिनोब्लास्टोमाका नयाँ बिरामी थपिने गरेका छन् । बालबालिकामा यो रोग नवजात शिशुदेखि पाँच वर्षसम्मको उमेरमा देखिन्छ । काठमाडौं । रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दाबाट पलाउने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रति १५ देखि २० हजार जीवित जन्मिएका बालबालिकामध्ये एकजनामा रेटिनोब्लास्टोमा हुने गरेको छ ।

 

तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांक अनुसार नेपालमा बर्सेनि ५० जना रेटिनोब्लास्टोमाका नयाँ बिरामी थपिने गरेका छन् । बालबालिकामा यो रोग नवजात शिशुदेखि पाँच वर्षसम्मको उमेरमा देखिन्छ । आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारका अनुसार नेपाललगायत विकसित देशहरूमा यो रोगबाट हुने मृत्युदर ५० प्रतिशत रहेको छ ।