२०८१ बैशाख ११ , मंगलबार

घट्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

तेजावी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।