२०८१ बैशाख १५ , शनिवार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं । एमाले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

बडालले ९ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् । अनेरास्ववियुको २३ औं महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट महासचिवमा नरेश रोकाय चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरि, धर्म गिरि, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् । सचिव पदमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईं,अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचत भएका छन् ।

विद्युतीय मेसिनबाट भएको निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो । निर्वाचनको औपचारिक घोषणा केहीबेरमा हुँदै छ ।