२०८१ बैशाख १५ , शनिवार

कृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिस्टमा सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ५ जनाको नाम छनोट समितिले सिफारिस गरेको छ । सीईओ बन्न आवेदन दिएका २२ मध्ये ५ जनाको नाम छनोट समितिले सर्टलिस्ट गरेको हो ।

 

छनौटमा पारेका पाँच प्रतिस्पर्धीमध्ये सिभिल बैंकका पूर्व सिईओ गोबिन्द गुरुङको नाम १ नम्बरमा रहेको छ । छनोटमा पर्ने अन्य नामहरुमा बैंककै निमित्त सीईओ प्रताप सुवेदी, बैंकमै दोश्रो बरियताको जिम्मेवारी सम्हालिरहेका यज्ञ प्रकाश न्यौपाने, राष्ट्रिय सहकारी बैंकका सिईओ बद्री गुरागाई र नेपाल एसबीआई बैंकका एजिएम बिष्णु देव यादव रहेका छन् ।

 

यिनै पाँचमध्ये बाट अब कृषि बिकास बैंकले सिईओ पाउनेछ । संचालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनौट गरेको हो । अन्तर्वार्ताबाट ३ जनाको नाम सिईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले ती ३ जनामध्ये बाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । उनीहरूलाई फागुन ६ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।