२०८१ बैशाख १२ , बुधवार

लुटपाट एवं तोडफोडप्रति महासंघको गम्भीर ध्यानाकर्षण, घटनामा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न माग

सुनाखरी न्युज/ काठमाडौं । प्रशासनिक कारवाहीको विरोध गर्दै फागुन १ गते काठमाडौंको नयां बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

महासंघ त्यस्ता कार्यको घोर निन्दा एवं भत्र्सना गरेको छ । लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफनो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि छ । जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय होइन र त्यो कानूनी राज्यमा दण्डनीय हुनुपर्छ । कुनै पनि विरोधका आडमा जवरजस्ती कानून हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जान सकेन र त्यस्ता तत्वलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सकिएन भने जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना नदोहोरिएलान भन्न सकिन्न ।

 

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारवाही हुनुपर्ने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउंछ । साथै व्यवसायीका लुटिएका सामान अविलम्व फिर्ता गराउन समेत माग गरेको छ ।