२०८१ बैशाख १४ , शुक्रवार

नुवाकोटमा बस दुर्घटना, दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बस सडकबाट २० फिट तल खसेको छ । केही घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।