२०८१ बैशाख १४ , शुक्रवार

नेपाल वायुसेवा निगमको टिकट कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने

सुनाखरी न्युज/काठमाडौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन ५ गतदेखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने भएको छ।

 

एयरलाइन्सले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष उक्त समयमा खोल्ने बताएको छ। विज्ञप्तीअनुसार शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहनेछ।

 

एयरलाइन्सले हाल दिल्ली, बैंकक, क्वालालाम्पुर, हङकङ, दोहा, नारिता, दुबई, मुम्बई, रियाद लगायतका मुलुकमा उडान गरिरहेको छ।