२०८१ बैशाख ८ , शनिवार

पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संख्या कति?

Corona

सुनाखरी न्युज/काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोरोना संक्रमण देखिएको छ ।

 

एक हजार ६६३ वटा नमुना स्वाब परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो । आज दुईजना संक्रमणमुक्त भएका छन् ।

 

देशभर अहिले १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।