२०८० चैत्र १६ , शुक्रवार

पशुपतिमा नागा बाबाहरुको गुञ्जिदैछ हर हर शम्भो

सुनाखरी न्युज/काठमाडौ । शिवरात्रीलाई मध्यनजर गर्दै अहिले पाशुपत क्षेत्रको सरसफाइ गरिँदैछ। पशुपतिलाई झिलिमिली बनाउन बत्ति राखिँदैछ। फूलले पशुपति परिसरलाई सजाइँदैछ।

यसैबिच पशुपति मन्दिर परिसरमा सयौंको संख्यामा नागा बाबाहरु पुगिरहेका छन्। शिवरात्रीकै लागि भनेर धेरैजसो बाबाहरु भारतबाट पशुपति आएका हुन्। पशुपतिमा अहिले शरीरमा खरानी दलेर बसेका नागाहरु हेर्नेहरु भिड लागेको छ। नागाहरु मोक्षको खोजीमा हरेक वर्ष शिवरात्रीका दिन पशुपति पुग्ने कथन छ।
पशुपति विकास कोषले नागा बाबाहरुको खाना र बसोवासको व्यवस्था गरेको छ।

नागाहरुसँगै हजारौंको संख्यामा साधु सन्तहरु पशुपति पुग्ने क्रम जारी छ। महाशिवरात्रीमा कम्तीमा पाँच हजार साधुसन्त यस वर्ष पशुपति आउने अनुमान गरिएको छ। यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान कोषले गरेको छ।